चिठी खबर
काठमाडौ – नेपालको कमल मगरले उमा ( डब्लुयुएमए ) युरोपियन च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन । मगरले चाइनिज क्रीयटिभमा स्वर्ण तथा वेपन्स फर्ममा कास्य जितेको नेपाल उमा कुम्फु संघका बरिस्ठ उपाध्यक्ष एबम् अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राइले जनाए ।
इंग्ल्यान्डको ग्लोसस्टरमा भएको प्रतियोगितामा कमलले चाइनिज क्रीयटिभमा आठ खेलाडीलाइ पछाडी पार्दै पहिलो स्थान हात पारेका हुन ।
यस अघि कमलले इंग्ल्यान्डमा भएको उमा विश्व च्याम्पियनसिपमा स्वर्ण, क्रोसियामा भएको विश्व कपमा स्वर्ण , अस्ट्रीयामा भएको विश्व कपमा रजत तथा थाइल्यान्डमा भएको सान्डा बक्सिङमा रजत जितेका थिए ।
कमलको व्यवस्थापकमा नेपाल उमा कम्फु संघ , कोसी प्रदेशका सदस्य सुरेन राई रहेका छन । नेपाल उमा कुम्फु संघका अध्यक्ष एबं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले कमलले निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर उमा कुम्फु संगै नेपालको सान विश्वसामु उच्च बनाउन सफल भएको बताउदै बधाइ दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया