×

एमालेबाट ३३ सांसद निस्काशित

साउन ५, २०७८, मङ्लबार
चिठी खबर

काठमाडौ । नेकपा एमाले को केन्द्रीय कमिटीको बैठक । च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा बिहान ११ बजेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले हिजै नै आइतवारका लागि स्थायी कमिटीको बैठक र सोमवारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका थिए। एमालेको पार्टी कार्यालय थापाथलीमा भए पनि केन्द्रीय कमिटी च्यासलमा बसेको थियो । यसअघि आइतवारको स्थायी कमिटीको बैठक पनि च्यासलमै बसेको थियो। प्रतिनिधि सभामा आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र अनुपस्थित हुने सांसदहरुबारे पनि बैठकले अनुशासनको कारवाही गर्ने तयारी गरेको छ। ‘हिजोको घटनाबारे पार्टीको अनुशासनको कुरा अगाडि बढ्छ,’ तामाङले भने। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटीको सोमवारको बैठक विधान महाधिवेशनमा केन्द्रित हुने बताएका छन्। उनले समसामयिक राजनीतिबारे छलफल भए पनि बैठकको एजेण्डा विधान महाधिवेशन भएको बताए। ‘मूख्यगरी विधान महाधिवेशनमा बैठक केन्द्रित हुन्छ,’ उनले भने। एमालेले साउन २५-२७ मा विधान महाधिवेशन अयोजना गर्ने निर्णय गरेको थियो। एमालेका १२१ सांसद मध्य ३३ जनाले पार्टीको निर्णयको उल्लंघन गरेका थिए। वरिष्ठ नेता माधवकुमार नेपाल समूहका १४ र ओली समूहका ८ जना गरि २२ जनाले देउवालाई विश्वासको मत दिएका थिए। यस्तै नेपाल समूहका १० जना अनुपस्थित रहे। सांसद भीम रावलले मतदान अघि नै राजिनामा दिएर हिँडेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया