चिठी खबर
आशा छ सम्पुर्ण तलाखु बासी आदरणीय बुबाआमा दिदिबहिनी दाजुभाइ सबैजनाले यो अभियान मा साथ दिनुहुनेछ ।तलाखुको बृहत्तर बिकास र सम्बृदिको यो सुनौलो यात्रामा तपाईं हामी संगसंगै रहनेछौ भन्दै १५ बुधे कार्ययोजना अघि सारेको छन , जुन यस प्रकारको छ । १. वडाबाट संचालन हुने दैनिक प्रशासनिक सेवाहरु छिटो र सजह बनाउने तथा यथासंभव नागरिको घरदैलोमा उपलब्ध गराउइने छ ।
२. भ्रष्टाचार मुक्त र पारदर्शी सेवा संचालनमा जोड दिइने छ ।
३. वडा भरी रहेका मुख्य सडक संजालहरु बाह्रै महिना संचालन हुने गरि स्तरोन्नती गरिनेछ ।
४. आवस्यक ठाउँहरुमा देवालय, मरनघाट, पाटीपौवा ब्यबस्थित तरिकाले निर्माण गरिने छ।
५. काठमाडौं- तलाखु अन्तर्गतको शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको सडकलाई सुविधा प्राप्त सडकको रुमपा मान्यता दिलाउन आवस्यक पहल गरिने छ।
६. परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण तथा यान्त्रीकिकरण गर्न जोड दिइने छ ।
७. नगदेबाली, तरकारी, फलफुल, चिया, कफी उत्पादनको संभावना अध्ययन गरि व्यावसायीकरण गरिने छ।आवश्यक मल बीउबिजन, कीटनाशक औषधी सहज रुपमा उपलब्ध गराइने छ ।
८. कृषि उत्पादनलाइ सहकारीमार्फत उचित बजार ब्यबस्थापनको लागि पहल गरिने छ ।
९. वडाभित्र रहेका सार्वजनिक स्थलहरुमा पर्यटकीय पूर्वाधार विकास गरि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गराइने छ ।
१०. बिकासको मुख्य पूर्वाधार सिंचाईका लागि कुलोहरुलाई बाह्रै महिना संचालन हुनेगरी स्तरोन्नति गरिने छ।
११. बिधुत आपूर्तिमा सहजताको लागि आवश्यक ठाउँमा थ्रीफेज लाइन र ट्रान्स्मिटर उपलब्ध गराइने छ।
१२. पाँच वर्षदेखि अलपत्र रहेको स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न गरिने छ। गुणस्तरीय स्वास्थ्य सेवा र नागरिकको सहज पहुंचको लागि ल्याब तथा एम्बुलेन्स सेवा संचालन गरिने छ ।
१३. गुणस्तरीय शिक्षाको लागि आवस्यक दक्ष शिक्षकहरुको परिपूर्तिका लागि पहल गरिने छ ।
१४. स्वच्छ पिउने पानीका लागि वडाभित्र एक घर, एक धाराको अवधारणालाई पूर्णता दिइने छ।
१५. प्रभावकारी संचार सेवा उपलब्धताका लागि आवश्यक पहल गरिने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया