चिठी खबर
नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)ले काठमाडौँ उपत्यकामा खाता खोलेको छ । काठमाडौँको निर्वाचन क्षेत्र न.३ गोकर्णेश्वर नगरपालिकामा ४ मा रहेको सहयोगी बहुमुखी महाविद्यालयमा अखिल (क्रान्तिकारी)का उम्मेदवार प्रदीप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
महाविद्यालयमा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र, नेकपा एस निकट विद्यार्थीहरुविच सहमतिमा पद बाँडफाँड गरी निर्विरोध पदाधिकारी र सदस्यहरु नियुक्त भएका छन् । विद्यार्थी संगठनहरुको आइतबारको छलफलले क्याम्पसको स्ववियु सभापतिमा श्रेष्ठलाई निर्वाचित गरेको हो । उपसभापतिमा अनेरास्ववियूकी सुप्रिया रावत निर्वाचित भएकी छन् । त्यस्तै, सचिवमा अनेरास्ववियुको विजय बहादुर पाख्रिन निर्वाचित भएका छन् । सह-सचिवमा अखिल क्रान्तिकारीका जोङ मेलुङ लामा निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा ने.वि.सं.बाट मालती तामाङ निर्वाचित भएकी छिन् । अन्य सदस्यहरूमा नेविसंबाट जलमाया थापा र अनिता लोहार तथा अखिल क्रान्तिकारीबाट स्वयम श्रेष्ठ निर्वाचित भएका छन् ।
निर्विरोध पदाधिकारी निर्वाचित भएसँगै माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले उपत्यकामा खाता खोलेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया