×

उपत्यकामा निषेधाज्ञ खुकुलो बनाउने तयारी

जेष्ठ १८, २०७८, मङ्लबार
चिठी खबर

उपत्यकामा निषेधाज्ञ खुकुलो बनाउने तयारी गरेको छ । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । कोरोना संक्रमणको ग्राफ विस्तारै घट्दै गएकोले आजको बैठकबाट निषेधाज्ञ केही खुकुलो बनाउने तर्फ संकेत गरेका हुन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले मंगलबारको बैठकमा पछिल्लो पटक लगाइएको निषेधाज्ञाको समीक्षा गर्दै निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो र व्यवस्थित गर्नेबारे छलफल हुने जानकारी दिए ।

गत शुक्रवार एकहप्ता समयवधि लम्ब्याउदै उपत्यकामा कडा निषेधाज्ञको घोषणा गरिएको थियो । खाद्य सामाग्री लगायत भिडभाड हुने क्षेत्रमा कडा प्रतिवन्ध लगाएसँगै केही हदसम्म कोरोना नियन्त्रणमा आएको सरकारी अधिकारीको बुझाई छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांकमा हाल संक्रमण दर केही घटेको देखिन्छ ।

तर, कतिपयले परीक्षण नै कम भएकाले संक्रमितको संख्या पनि कम भएको बताउने गरेका छन् ।

सोमवार मात्रै एक सय १४ जनाको मृत्यु भएको थियो । गत शुक्रवार १ दिन मृतकको संख्या १ सय भन्दा तल झरेको थियो । सोमवार साढे १७ हजार जनाको नमुना परिक्षण गरेको मध्ये ४ हजार ७ सय ६२ जना कोरोना पोजेटिभ देखिएको थियो । त्यो भनेको २७ प्रतिशतमा संक्रमित हो जुन हालैका दिनहरुमा सबैभन्दा कम हो । थप साढे ६ हजार भन्दा बढी संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कुल संक्रमित संख्या ५ लाख ६ हजार पुगेको छ । जसमध्ये १ लाख ६ हजार ४ सय ७० संक्रिय संक्रमित छन् । अहिलेसम्म ७ हजार ३ सय ८६ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया