चिठी खबर
काााठमाडौं, १९ जेेठ । अर्चना सर्जिकल सप्लायर्स काठमाडौँले सिन्धुली जिल्ला अस्पताल अन्तरगतको कोभिड अस्पताल र ब्लड बैंक (रेड क्रस ) सिन्धुलिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। काठमाडौंको त्रीपुरेश्वरमा रहेको अर्चना सर्जिकल सप्लायर्सले बिभिन्न अस्पताल, आईसोलेसनहरुमा स्वास्थ्य सामाग्री समाज सेवा गर्ने क्रममा आज उक्त अस्पताल तथा रेड क्रस लाई १३०,०००। वरावरको स्वास्थ्य समाग्रीहरु हस्तान्तरण गरेको हो।
सिन्धुलिमा कोभिड १९को नयाँ भेरिएन्टबाट संक्रमितको संख्या बढ्दै गएपछि सुरक्षा सतर्कतामा खटिएका सिन्धुलि अस्पताल र ब्लड बैक सिन्धुलिका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको हो। सेवाका लागी निरन्तर फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीले बाध्यकारी अवस्था भोग्नु परेको बखत अर्चना सर्जिकल सप्लायर्स प्रा लि का डाईरेक्टर तथा व्यवसायि दाजुभाई अनिल खतिवडा र अमिर खतिवडा तथा अर्का पर्यटन व्यवसायी तथा समाजसेवि सुमन काफ्ले द्वारा संयुक्त रुपमा अस्पताल ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्नु भएको हो । सिन्धुलि जिल्लामा दोश्रो चरणको कोभिड १९ को संक्रमण घातक रुपमा फैलिरहेको र उक्त संक्रमणको रोकथामका लागी स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सर्जिकल सामाग्रीहरुको अभाव नहोस् भन्ने उद्देश्यले सर्जिकल मास्क, सनीटाईजर लगायतका सामाग्री उपलब्ध गराईएको व्यवसायी अनिलले बताउनु भयो ।
सिन्धुलीको डाढीमा जन्मीएर काठमाडौंलाई आफ्नो कर्मथलो वनाई अर्चना सर्जिकल स्वास्थ्य सामाग्रीको व्यवसाय संचालन गरेका अमिर तथा अनिलले आफ्नो मातृृ भुमिमा कोभिडको विपदको वखतमा केहि मात्रामा भए पनि स्वास्थ्य सामाग्री सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । “सेवा नै धर्म हो, आफु बाचौँ र अरुलाई पनि बचाउँ, जिवन रहे संसार रहन्छ” भन्ने अभियान सहित समाजिक उत्तरदायित्व अन्तरगत यो यात्रा निरन्तर चलिरहने अर्का ब्यबसायि काफ्ले बताउँछन । यो समाज सेवा कार्यलाई कोभिड नियन्त्रण नभए सम्म निरन्तर रुपमा अगाडि बढाउने जानकारि ब्यबसायि अमिरले चिठि खबरलाइ बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया