चिठी खबर
सरकारी सवारीसाधनको दुरुपयोग बढेको भन्दै प्रहरीले त्यस्ता सवारी साधनमाथि निगरानी बढाएको थियो । सोही क्रममा सोमबार अपरान्ह २ः३० बजे बखुण्डोलमा रहेको गोल्डेन डोर सफ्ट स्पा एण्ड ब्यूटीमा पुगेका सरकारी कर्मचारीलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । बखुण्डोलका स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले अपरान्ह ४ः ३० बजे मोटरसाइकलसहित मानिसलाई नियन्त्रणमा लिएको हो । अब यस विषयमा नुवाकोटको शिवपुरी गाउंपालिकासँग बुझेर पत्र लेखेपछि के गर्ने भन्ने सम्बन्धमा निर्णय लिने प्रवक्ता जिसीले चिठिखबरलाइ बताए ।
शिवपुरी गाउंपालिकाका नुवाकोटका प्रमुख गोविन्द प्रसाद थपलियाले उक्त मोटरसाइकल आफ्नै कार्यालयको नाममा रहेको भन्दै कुन कर्मचारीले प्रयोग गरिरहेको छ बुझ्नुपर्ने बताए । कार्यालय समयमा सरकारी मोटरसाइकल लिएर मसाज पार्लरमा पुग्नु गलत भएको भन्दै सरकारी सवारीसाधनको दुरुपयोग गर्नेलाई नियमानुसार कारवाही गर्ने थपलियाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया