अखिल ( क्रान्तिकारी ) द्वारा पेरिस डाडामा रक्तदान कार्यक्रम सम्पन्न । जेष्ठ ९, २०७८, आइतवार चिठी खबर काठमाडौं , ९ जेठ । माओवादी (केन्द्र )निकट अखिल(क्रान्तिकारी)ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।अखिल(क्रान्तिकारी)को केन्द्रिय स्वयँसेवक बिभागले आइतबार पार्टी कार्यालय पेरिशडाँडामा दिउँसो ११ बजे देखी २ बजे सम्म रक्तदान गरेको हो ।बढ्दो महामारीका बीच आबस्यक रगतको आपुर्तीमा कमी हुन नपाओस भन्ने उद्धेस्यले रक्तदान कार्यक्रम शुरु गरिएको र रक्तदान कार्यक्रम सम्पुर्ण स्वास्थ्य मापदण्ड पुरा गरेर सँचालन गरिएको संगठनका प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।महामारीको कठिन परिस्थितीका बाबजुद चलेको रक्तदान कार्यक्रम , संजय काल्धन सँयोजक रहेको केन्द्रिय बिध्यार्थी स्वयंसेवक विभागले आयोजना गरेको हो । रक्तदानमा संयोजक काल्धन सहित अखिल क्रान्तिकारीका २६ जना नेता कार्यकर्ताहरुले रक्तदान गरेका थिए । अखिल (क्रान्तिकारी)का वर्तमान अध्यक्ष रन्जित तामाङ, उपध्यक्ष इन्द्र भुषाल ,कोषाध्यक्ष केशव रावल लगायतका पदाधकारीद्वारा गरिएको रक्तदानमा अखिल(क्रान्तिकारी)का पुर्व अध्यक्ष रमेश मल्लले पनि रगत दिएका थिए ।कोभिड महामारीका बीच अखिल क्रान्तिकारीले दुर्लभ शाहीको संयोजकत्वमा ६१जना चिकित्सक र स्वास्थ्यकर्मी सहितको हेल्प डेस्क सातवटै प्रदेशमा यस अघि नै सार्वजनिक गरेको छ । थप समाचारहरु Facebook Twitter WhatsApp LinkedIn फेसबुकबाट तपाईको प्रतिक्रिया
फेसबुकबाट तपाईको प्रतिक्रिया