×

अखिल( क्रान्तिकारी ) काठमाडौंद्वारा जिल्ला शिक्षा अधिकारीलाइ दियो ७२ घण्टे अल्टिमेटम

बैशाख ११, २०८०, सोमवार
चिठी खबर

काठमाडौं । अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले संविधानमा व्यवस्था भए अनुरुप शिक्षा व्यवस्थाको कार्यान्वयन गर्नुपर्ने माग गर्दै जिल्ला शिक्षा अधिकारीलाइ ज्ञापनपत्र बुझाएको छ ।

आईतबार संगठनका केन्द्रीय सदस्य एवम काठमाडौं जिल्ला इन्चार्ज यादव ढुंगानाको नेतृत्वमा गएको टोलीले विभागलाई १६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

अखिल क्रान्तिकारीले कानुनभन्दा बाहिर शुल्क लिने विद्यालयहरुलाई तुरुन्त कारवाही गर्नुपर्ने, सामुदायिक विद्यालयका शिक्षक- शिक्षिकाका छोराछोरी सोहि विद्यालयमा अध्यापन गराउनुपर्ने, जनअन्दोलन लगायत परिवर्तनकारी आन्दोलनका सहिद ,बेपत्ता र घाइते परिवारका सन्ततिलाई छात्रवृत्तिको व्यवस्था हुनपर्ने लगायतका माग राखेको छ ।

त्यस्तै, विदेशी पाठ्यक्रम ,विदेशी नामाकरण र विदेशी व्यवस्थापन तथा सम्बन्धनबाट संचालित सबै विद्यालयहरु तुरुन्त खारेज हुनपर्ने पत्रमा उल्लेख गरिएको छ ।

अखिल क्रान्तिकारीले यी मागहरु पुरा गर्न ७२ घन्टाको अल्टिमेटम दिएको छ । उक्त समयमा आफ्ना मागहरु पुरा नभए आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी समेत दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया