चिठी खबर
काठमाडौं , २ जेष्ठ । बिरामीकाे लागि प्राणवायु अक्सिजन अभावले धेरैले अकालमै ज्यान गुमाएका छन । अस्पतालहरुले अक्सिजन अभावका कारण आफ्नो सेवा बन्द गरिरहेका छन् । यति बेला अक्सिजनको बढ्दो माग छ । अक्सिजनका कारण दिनप्रदिन मानिसहरुको मृत्यु भइरहेको छ । तर, अक्सिजनको व्यवस्थापनका लागि सरकारले अहिलेसम्म ठोस योजना बनाको छैन ।
काठमाडौं बालाजु औद्योगिक क्षेत्रभित्र रहेको शंकार अक्सिजन उद्योगमा खाली सिलिण्डर बोकेका गाडीको लाईन लागेको छ । यी खाली सिलिण्डरहरुमा अक्सिजन भरपुर भएको भए पक्कैपनि केही संख्यामा बिरामी बाँच्थे होला । विडम्बना उद्योगको अक्सिजन भर्ने क्षमताले नधान्दा खाली सिलिण्डरको चाङ लागेको छ ।
दुईदिन देखि खाली सिलिण्डर बोकी लाइनमा बसेका एक जना युवाको ९३ वर्षीय हजुरआमा कोभिड पोजेटिभ देखिएपछि नेपाल भारत मैत्री अस्पतालमा उपचारत छिन् । अस्पतालले अक्सिजन व्यवस्थापन आफै गर्न भनेपछि उनी शंकर उद्योगमा पुगे । उनले गत बैशाख २९ गते दिउँसो सिलिण्डर लाईनमा राखे । तर ३० गते बेलुका सम्म अक्सिजन पाउने छाँटकाट छैन् । उता अस्पतालबाट अक्सिजन छिटो ल्याउन भन्दै छिनछिनमै फोन आइरहदा उनको मन थिरमा छैन् । उनी भन्दा पछि आएका धेरैले अक्सिजन सिलिण्डर भर्दै लगेको देखिरहदा पहुँच नभएकाले मर्नुको विकल्प रहेनछ उनले दुखेसो गरे् ।
यता कोभिड विशेष अस्पताल घोषण गरिएको विर अस्पतालमा अक्सिजनको चरम अभाव छ । बिरमा उपचाररत २९ वर्षीय युवाका आफन्त अक्सिजन नपाएको भन्दै रोइकराई गरीरहेका छन् । सर्वसधारणको पहुँचको सरकाररी कोभिड अस्पताललाई समेत अक्सिजनको व्यवस्थापन गर्न नसक्नु सरकारका लागि पक्कै पनि समिन्दाको विषय हो । अस्पतालहरुल विरामीलाई अक्सिजनको जोहो आफै गर्नु भनेपछि यसति बेला विरामी र उनीहरुका आफन्तलाई जीवनकै सबैभन्दा ठूलो विपद आइलागेको छ ।वीरमा उपचाररत २९ वर्षीया युवाका आफन्त पनि बालाजु स्थित शंकर उद्योग पुगे । तर उनीहरुले पनि अक्सिजन पाउन सकेनन् । अक्सिजनका लागि पालो पर्खिएर बसेका उनीहरुमा बिरामी अक्सिजन नपाएर मर्लाकी भन्ने ठुलो पीडा छ ।
अस्पतालमै उपाचरत बिरामीलाई अक्सिजन व्यवस्थापन गर्न आफन्तहरु दौडधुप गरीरहेका छन् । अझ, घरमै अक्सिजन चाहिने बिरामीलाई त भगवन भरोसाको अवस्था छ । उद्योगहरुमा अक्सिजन व्यवस्थापन कमजोर हुदा जसको शक्ति उसको भक्ति भनेझै चलिरहेको छ । नागरिक अक्सिजन नपाएर मरिरहदा देशमा दलहरु सरकार ढाल्ने र बनाउने घनचक्करमा फसे । नैतिकता हराए पछि र गैर जिम्मेवार बने पछि लाशका अगाडि पनि राजनीति गर्न सकिदो रहेछ, यस घडी नेपाली राजनीतिले उदाहरण दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया