×

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल इन्डिया सगं पराजित

अशोज ३१, २०७८, आइतवार
चिठी खबर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल भारतसँग पराजित भएको छ । नेपाललाई ३-० गोल अन्तरले हराएको भारतले उपाधि जितेको । माल्दिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुमा नै भारतले लगातार दुई गोल गर्यो । खेलको ४९औं मिनेटमा सुनिल क्षेत्रीले गोल गरे भने एक मिनेट वित्न नपाउँदै सुरेश सिंह वाङजेमले भारतको अग्रता दोब्बर बनाएको थियो। खेलको इन्जरी टाइममा साहल अब्दुल समदले गोल गर्दै भारतका लागि उपाधि सुनिश्चित गरे। साफ च्याम्पियन बनेको भारत आठौं पटक हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया