×

सुनचांदी बिलाशीता सामान नभैइ नगत सरह चल सम्पत्ति हो: हेम बराइली ।

असार ३, २०८२, मङ्लबार
चिठी खबर

काठमाडौं ।नेपाल सरकार अर्थमन्त्रालयद्वारा आर्थीक बर्ष २०८२/०८३ को बजेट बक्तब्यमा सुनचांदी गहनामा लगाइएको २ प्रतिशत बिलासी करको ब्यबस्थाको साथै सुनका गहनामा प्रयोग हुने बहुमुल्य पत्थर र हिरामा लागु गर्न खोजिएको १३ प्रतिशत अभिबृद्दि करको बिरुद्दमा नेपाल सुनचांदी ब्यबसायी तथा कालीगढ संघर्ष केन्द्रीय समितिले सान्तिपुर्ण ध्यानाकर्षण र्याली गर्दै आएका छन । गोकर्णेश्वर नगरपालिका वडा न, २ नयांपाटी भुमेस्थलीका हेनिशा ज्वेलर्सको ब्यबसायी हेम बहादुर बराइलीले चिठीखबर संगको संबादमा सुनचांदी बिलासिताको सामन नभैइ नगद सरह चल सम्पत्ति हो भन्ने धाराणा ब्यक्त गर्नुभएको छ । बिलाशिताको सामानत महंगो कारहरु र बंगलाहरुपो रहेको उहांको तर्क छ । सरकारको उक्त कदमले सुनचांदी ब्यबसायीहरुलाइ मात्र नभएर आम नागरिक र ग्राहक बर्गलाइ महंगो मारमा पार्ने भएकोले उक्त कदम सरकारले रोक्नुपर्ने बताउनुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया