×

विनोद लामा एकीकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटको अध्यक्षमा चयन

कार्तिक १३, २०७८, शनिबार
चिठी खबर

काठमाडौ । एकीकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटको अध्यक्षमा विनोद लामा चयन हुनुभएको छ । शनिबार विदुरमा भएको संगठनको दोश्रो जिल्ला परिषद्बाट लामा अध्यक्षमा निर्विरोध चयन हुनुभएका हुन । परिषद्ले लामाको नेतृत्वमा ४५ सदस्यीय जिल्ला समिति चयन गरेका छन । समितिको वरिष्ठ उपाध्यक्ष बासुदेब पनेरु, महिला उपाध्यक्ष देबकी पान्डे, उपाध्यक्ष मदु सुदन पौडेल र सचिवमा टीका खरेल रहनुभएको छ । परिषद्को उद्घाटन कार्यक्रमका प्रमुख अथिति संघीय सांसद तथा पूर्वमन्त्री हितबहादुर तामाङले गर्नुभएको थियो । कार्यक्रममा प्रदेस सांसद हिरानाथ खतिवडा, सभाषद राममाया बोगटी, माओवादी नेता पुष्प लामिछाने, शिक्षक संगठनका केन्द्रीय सदस्य निर्मल तामाङ लगायतको सहभागिता रहेका थिय । परिषद्मा जिल्लाका १२ वटै पालिकाबाट गरी पाँचसय जना शिक्षक प्रतिनिधि सहभागि रहेको नवनिर्वाचित जिल्ला अध्यक्ष विनोद लामाले चिठि खबरलाई जनकारी गराउनु भयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया