चिठी खबर
यो क्रान्तीले उपलब्ध गराएको थियो। सरल भाषामा सबै मिलेर परिश्रम गर्ने र उपभोग्य बस्तुमा साझा अधिकार स्थपित हुने मान्यातालाइ समाजवाद भनिन्छ। समाजबादले उत्पादनका साधनमा सामुहिक स्वमित्व स्थापना गर्दै सबैलाइ क्षमता र योग्यताका अनुसार काम र काम अनुसारको दाम दिनुपर्छ भन्ने नितिका आधारमा पुजिबादको अन्त्य चाहान्छ। यस अर्थमा नेपाली बामराजनितिको एउटा प्रमुख नारा बहुदलिय जनबादको अर्थ गासिन पुग्छ। जनवाद शब्दको अर्थ सामन्ती शासनको अन्त्य भए पछि स्थापित हुने जनतान्त्रिक,राजनितिक बिचारमा आधारित दर्शन हो। सत्तालाइ नै अन्तिम सत्यको रुपमा बरण गर्दै सिद्धान्तलाई तिलाञ्जली दिने सत्तामुखी प्रबित्ति र संस्कार भएका नेपालका राजनितिक दलहरुका लागि समाजवाद भने सबै दलहरुको साझा एजेन्डा बनेको छ। समाजलाई व्याख्या गर्ने क्रममा पुजीवाद, फासिबाद, अराजकताबाद, उदारवाद, सर्बसत्ताबाद, नश्लवाद जस्ता बिसयहरुले नेपाली समाजबाद भित्रको आदर्श मानबताबादी समानतालाई बिर्सेर सबै राजनितिक दलको निर्बाचनमुखी गायत्रिमन्त्र बनेको छ। नेपाली राजनितिक दलहरु बास्तबमै समाजबादी हुन या राजनितिक प्रोपोगन्डाका रुपमा समाजबादलाइ प्रयोग गर्दै आएका छन त्यो आजको गम्भीर प्रश्न बनेको छ। दलहरुका लागि समाजवाद निर्बाचनमा जनताको मत हासिल गर्ने राजनितिक अस्त्र मात्र होकि नेपालको आर्थिक सामाजिक रुपान्तरण उपयुुक्त नीति हो? के नेपालको बिकासको एक मात्र मोडल समाजवाद नै हो त? काङ्ग्रेसको लोकतान्त्रिक समाजवाद र कम्युनिस्टको समाजबादबिचको भिन्नता के छ? समाजवाद उन्मुख रास्ट्र भनेको के हो? समाजबाद हुनका लागि हुनपर्नी आधारहरु के के हुन? यी यस्ता कुराहरु स्पष्ट नभएका र समाजबादको साधारण अर्थ नबुझी देशको शासनसत्ता समाल्छु भनी च्याउ झै उम्रिएका राजनितिक दल र तिनका नेता कार्यकर्ताका कारण आज समाज कता तिर धकेलिदै छ त?समाजवाद उन्न्मुख समाजमा सबै नागारिकले शिक्षा, स्वस्थ्य, नागारिक सुरक्षा, रोजगारी र मिडियामा समान पहुच प्राप्त गर्नु आबस्यक छ।यसको प्राप्तीको एकतरिका हो शिक्षा, स्वस्थ्य जस्ता क्षेेत्रको रास्ट्रियकरण र पानी, बिजुली जस्ता मौलिक सेवाहरुको बढावा दिनु। माटाे सुहाउँदो शैक्षिक प्रणाली, स्वस्थ्यमा सार्बभौम अधिकार, उत्पादन र श्रमको उचित मूल्य, शिक्षाको रास्ट्रियकरण जस्ता महत्वपूर्ण बिसयलाई नजरन्दाज गरिदा समाज अन्धकारतिर धकेलिन्छ। समाजवाद उन्मुख नितिको अबलम्बन गर्न नसक्दा बर्गिय खाडल झन्झन बढ्दो अबस्थामा पुग्नको साथै साम्यवादको अबधारणालाई दागबत्ति दिने अबस्था दिनानुदिन बढ्दै छ। आफुलाइ समाजबादी भन्न चाहाने राजनितिक दलहरु समेत बजारको झिलिमिली र सत्ताको लालचमा फसिनाले समाजबादको अबधारणालाइ कुल्चिएको छ। नेपालको सन्दर्भमा पैसा,पावर, र सत्ताको लालचले गर्दा सबै क्षेत्रको ब्यक्तीहरुको केन्द्रबिन्दु राजनीति बनेको छ। जसको फलस्वरुप मुलुक ठुलो दुर्घटनामा पर्ने सङ्केत देखिएको छ। हालसालै नेकपा माओबादि केन्द्रको 9औ महाधिबेशनमा
समाजवाद उन्मुख नेपाली बाटो´ नामक प्रतिबेदन जाहेर गरे सङ्गै देशको अबस्था अध्यन गर्ने झिनो आशा छ। यसरि समाजबादको एजेन्डा बोकेर बिगतका गल्तिहरुलाइ गाली गौलच गर्ने र बर्तमान स्थितिमा सुध्रिन नचाहने प्रबृत्तिका कारण देशमा सामाजिक, राजनितिक र आर्थिक अबस्था अस्तब्यतता बनेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया