×

मृतक विद्यार्थी आशिष तामाङको संझनामा अखिल (क्रान्तिकारी) जिल्ला समिती काठमाडौले दिप प्रज्वनल

पुस २३, २०७८, शुक्रबार
चिठी खबर

काठमाडौ । ज्ञानोदय मा.बि.कक्षा ९ कलंकीमा अध्ययनरत बिद्यार्थी आशिष तामाङ मिति २०७८/०९/१७ गते बिधालय नजिकैको पार्कको रुखमा आफ्नै बिधालयको टाइले घाटीमा बेरेर आत्महत्या गरेको( झुन्डिएको )अबस्थामा फेला परेको थियो । उनी संगै पढ्ने साथीहरुको भनाइ अनुसार उसलाइ सौतेनी आमाले दिएको चर्को पीडा सहन नसकेर उसले त्यसो गरेको हुनसक्ने बताएका छन । मृतक बिद्यार्थीको अखिल (क्रान्तिकारी) जिल्ला समिती काठमाडौले दिप प्रज्वनल तथा हार्दिक श्रद्धाञ्जली कार्यक्रम माइतिघर मण्डलामा गरेका छन , उक्त कार्यक्रमको संबोधन उपत्यका प्रदेश बिशेष अध्यक्ष सन्जिब रेग्मीले गर्नु भएको थियो । यो घटनाको सत्य तथ्य छानबिन गरि दोषी उपर कानुन बमोजिम कारबाहीको जोडदार माग गरेका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया