अशोज १९, २०७८, मङ्लबार
चिठी खबर

काठमाण्डाै । साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई हराएको छ । गएराति माल्दिभ्समा भएको खेलमा श्रीलङ्कालाई ३–२ गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक/एक गोल गरे। नेपालका सुमन लामाले खेलको ३३ औं मिनेटमा गोल गरी सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ५१ औं मिनेटमा अञ्जन विष्टले गोल गरेपछि नेपालले २–० को अग्रता बनायको थियो। तर, श्रीलङ्काका ह्यामिल्टनले ५७ औं मिनेटमा एक गोल फर्काए । परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका आयुष घलानले खेलको ८६ औं मिनेटमा गोल गरेपछि नेपालले ३–१ को अग्रता बनायो । खेलको इञ्जुरी समयमा श्रीलङ्काका डी सिल्भाले पेनाल्टीमा एक गोल गरेका थिए । यो जितपछि नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले २ खेलमा ६ अंक जोडेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया