चिठी खबर
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्बाचन पालिका स्तरिय संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको बैठक नुवाकोट , क्षेत्र न. १, शिवपुरि गाउपालिका शेराबगरमा असोज ३१ गते बसेको थियो । उक्त बैठकमा बोल्दै संघीय सांसदको उम्मेदवार हित बहादुर तामाङले अहिलेको परिस्थोती र कालखण्डमा बाम लोकतान्त्रिक गठबन्धनलाइ जिताउनुनै देशको संविधान जोगाउनु हो भन्नू भएको थियो । काङ्ग्रेस र माओवादी केन्द्रको आ- आफ्नै सानातिना समस्या भएतापनी अहिले उक्त समस्यालाइ थाती राखी सिङ्गो गठबन्धनको टोलिलाइ सानदार बिजय गराउन सबै नेताकार्यकर्ता लागिपर्न अनुरोध गर्नु भएको थियो । स्थानीय चुनावमा किन गठबन्धन भएन ? भनेर सोधिएको कार्यकर्ताको प्रश्नको जबाफमा सबैको नेता र कार्यकर्ताको इच्छा र चाहनाले मिलनबिन्दु नपाएकोले मैत्रीपुर्ण प्रतिस्पर्धा गर्नु परेको र नुवाकोटको केही स्थानमा भने गठबन्धन भैइ सफल भएको बताउनु भयो । साथै बैठकमा बोल्दै उहाले नुवाकोटको क्षेत्र न .२ मा काङ्ग्रेसको उम्मेदवारलाई जिताउने जिम्मेवारी माओवादी केन्द्रले लिनु पर्ने र क्षेत्र न. १ मा माओवादी केन्द्रको उम्मेदवार राधिका तामाङ र हित बहादुर तामाङलाई जिताउने जिम्मेवारी काङ्ग्रेसले लिनु पर्ने बताउनु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया