पुस २३, २०७८, शुक्रबार
चिठी खबर
![](https://i0.wp.com/chithikhabar.com/wp-content/uploads/2022/01/IMG_20220107_075327.jpg?fit=909%2C568&ssl=1)
काठमाडौ । बारामा बन्नलागेको निजजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्नका लागि सत्तारुढ गठबन्धनका नेताहरुले जोड दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको बैठक बसेको हो। बैठकमा सहभागी नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा ढिलाइ भएको भन्दै छिटोभन्दा छिटो विमानस्थल निर्माणलाई गति दिनुपर्ने धारणा राख्नु भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया