साउन २०, २०८१, आइतवार
चिठी खबर

~ गजल ~
शिर्षक :- के.पी. बा,
देशमा केपी बा आएका छन् फेरि
तिनको भष्य र उखान सुन्नु छ फेरि ।
हिजो सम्म भन्न भ्यायौ,रेलगाडी छुक छुक छुक
जनता बनेका थियौं हामी रैति बनायौ फेरि ।
गिरीबन्धु चिया बगान सिंगै पचाएर,
डकार्दै बसेका छौ ,कुर्सीमा पालो फेरि।
काण्डै काण्डले देशलाई लिपेर
देश हांक्ने चालक बनेका छौ फेरि ।
केपी बा केपी बा डुगां चल्यो सरर,
ग्यांस पाईप बिछ्यायौ, के बिछ्याउने फेरी ?
फेसबुकबाट तपाईको प्रतिक्रिया