×

कोरोना नियन्त्रणमा सरकारको नौटंकी

भदौ १, २०७८, मङ्लबार
चिठी खबर

काठमाडौं उपत्यकामा साझा ८ बजे पछि सवारीसाधन चलाउन नपाउने सरकारको नियमका कारण आमसर्वसाधरणले अनावश्यक दुःख पाइरहेका छन् । दिनभरी भिडमभिड गर्न दिने अनि रातीको समयमा हिडन पनि नपाउने सरकारको हास्यस्पद निर्णय कोरोना नियन्त्रण गर्न भन्दा जनतालाई दुख दिन बनाएको भन्दै आमजनताले आक्रोश पोखेका छन् । साझा ८ बजे पछि कोरोना बढ्दै जाने र बिहाना देखि कोरोना घट्दै जाने बैज्ञानिक तथ्य न विश्व स्वास्थ्य संगठनले दिएको छ न त स्वास्थ्य मन्त्रालयले नै । के आधारमा ८ बजे पछि बन्द गर्ने उपत्यकाकका प्रमुख जिल्ला अधिकारीको निर्णय गरे, यति बेला उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको चर्को आलोचना सुरु भएकोे छ ।
काठमाडौंमा दिउँसो देखिएको भिडले सिडिओ सापहरुले बनाएको नियमको धज्जी उडाइरहेको छ । राती आठ बजे पछि हिडडुल गर्न नदिने सिडिओ सापहरुले सार्वजनिक यातायात भित्र यात्रुको कोचाकोच पनि हेर्न जरुरी छ ।
सरकारी कार्यालयहरु र सडकमा देखिएको भिडभाड अनि सवारी साधानमा हुने ठेलमठेल नै काठमाडौँमा कोरोना फैलाउने प्रमुख माध्यम बनेको छ । तर, प्रशाासन भने जब भिडभाड बन्द हुन्छ त्यसपछि सवारीसाधन चलाउन बन्द गर्छ । राती सार्वजनिक निजी सवारीसाधनलाई बन्द उलंघन गरेको भन्दै रोकेर बेतुकमा दुख दिइरहेको छ । राती दिनभरीको काम सकाई घर फर्केकाहरुको सवारीसाधान पं्रहरीले नियनत्रणमा लिई उभ्याईदिने गरेका छन् ।
गत विहिबार प्रतिनिधिसभा बैठकमा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले साझा ८ बजे पछि कोरोना बढ्दै जाने बैज्ञानिक अध्ययन प्रमाणित कहाँ भएको हो ? भन्दै सरकारलाई प्रश्न गरेका थिए ।
रात्रिकालीन समयमा भिडभाड हुने डान्सबार, दोहोरी, नाँचघर, क्लब मनोरञ्जन क्षेत्र सबै बन्द छन । यही आधारमा पनि राती अत्यवश्यक काम नपरी सर्वसाधरण हिडदैनन् भन्ने थाहा हुन्छ ।
कोरोनाको तेस्रो लहर आउने जोखिम बढेको स्वास्थ्य मन्त्रालयले नै सुचना जारी गरेको छ । तेस्रो लहरबाट जोगाउन व्यवस्थित् र व्यावहारिक नियम बनाउन पर्ने सरकारले हचुवको भरमा नियम बनाई जनतालाई दुख दिइरहेको छ ।
कोरोनाका कारण आर्थिक र मानसिक रुपमा तनाव झेलिरहेका सर्वसाधारणहरुलाई राति घरजाने समयमा बाटो रोकेर दुःख दिएका भरमा कोरोना संक्रमण नियन्त्रण हुन्छ भन्नु जग हसाउनु हो । दिनभर हजारौँको भीडलाई सामान्य लिने सुनसान छिप्पिदो साँझमा घर फर्किदै गरेकालाई केरकार गरेर दुःख दिने कार्यले जनतामा सरकारका प्रति नकरात्मक भाव पैदा गर्ने बाहेक अर्को उपलब्धि हुने छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया