×

आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू

बैशाख २४, २०८०, आइतवार
चिठी खबर

काठमाडौ ।साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १९ दशमलव १२ अङ्कले घटेर १८५० दशमलव ६१ को विन्दुमा कायम भएको छ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ८.२२ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । इष्टर्न हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ७.६१ प्रतिशत, सन्राइज ब्लुचिप फन्डका शेयरधनीहरुले ५.८७ प्रतिशत, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले ३.७८ प्रतिशत र बलेफी हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ३.४८ प्रतिशतका दरले कमाएका छन् ।

यता ८.५०% एनएमबि ऋणपत्र २०८७/८८ (NMBD87/88) का लगानीकर्ताहरूले ८.८३ प्रतिशतले गुमाउँदा मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड ८.३१ प्रतिशत, घलेम्दी हाइड्रो लिमिटेड ५.८२ प्रतिशत, मन्दाकिनी हाइड्रोपावर लिमिटेड ५.७५ र श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड ५.७१ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया