चिठी खबर

अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले महेश बस्नेतहरुको सडक आन्दोलन आजको अन्तिम भएको टिप्पणी गरेका छन् । प्रदर्शनीमार्गमा भेला भएका पाँच विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा तामाङले उक्त टिप्पणी गरेका हुन् । देशमा करिब साढे तीन वर्षदेखि ओली सरकारले वडादेखी केन्द्रसम्मका सरकारहरुलाई भर्याङ बनाएर जनमतको दुरुपयोग गर्दै राष्ट्रको ढुकुटीमाथी लुटपाट गरेको भन्दै तामाङले भने ‘ओली मण्डलीले साढे तीन वर्षभन्दा लामो समयदेखि मनपरी रुपमा राष्ट्रिय ढुकुटीमा गरिरहेको दोहनको शृंखलाको आजबाट अन्त्य भएको छ ।’त्यसपछि तामाङले भने ‘ठेक्कापट्टा, श्रोतसाधन र राज्यको ढुकुटीमाथी ‘बा’ हरुले कागजी चाँजो पाँजो मिलाउने र ‘बा’ का छोराछोरीहरुले त्यसैको इन्धनमा ‘आइ लभ यू’ भन्दै सहरको वातावरण प्रदुषित गर्ने र नागरिकलाई दिक्क लगाउने काम गरिरहेका थिए, अदालतको फैसलासँगै अब त्यसको अन्त्य भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया