जेष्ठ २३, २०८२, शुक्रबार
चिठी खबर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले कार्य विभाजन गरेको छ । २०८१ साल माघ २७ गते बसेको केन्द्रीय समितिको प्रथम बैठकमा गरिएको निर्णयलाई सङ्गठनले आज सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणअनुसार, काठमाडौं जिल्ला समितिको इन्चार्जको जिम्मेवारी प्रदिप श्रेष्ठलाई दिइएको छ। श्रेष्ठलाई काठमाडौँ भित्र विद्यार्थी सङ्गठन विस्तार, आन्दोलन सञ्चालन तथा सङ्गठनात्मक समन्वयको मुख्य नेतृत्व दिने निर्णय भएको छ ।
बैठकले सङ्गठनको आन्तरिक मजबुती, विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउने रणनीति, तथा राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउन कार्य विभाजन गरिएको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया