×

अखिल क्रान्तिकारीको इतिहासमा पहिलोपटक महिला अध्यक्ष

अशोज १७, २०७८, आइतवार
चिठी खबर

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । तर अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो । प्रचण्डले पञ्चालाई अध्यक्ष तोकिदिएका एक नेताले चिठि खबरलाई बताए छन। अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया